• विष्णु पोखरेल
  • बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत, JILLA DASTMALCHI / BBC

तस्बिरको क्याप्शन,

नक्कली औषधिको साङ्केतिक स्केच

औषधि व्यवस्था विभागले गत साता एउटा सूचना जारी गर्दै दुई नेपाली कम्पनीले उत्पादन गरेका दुई औषधि न्यून गुणस्तरका पाइएको जनायो।

विभागको सूचनामा ती औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा “न्यून गुणस्तरका पाइएको” उल्लेख छ।

एन्टिबायटिक्स वर्गमा पर्ने ती औषधिको प्रयोगशाला परीक्षणबाट “बिरामीको पेटमा पुगेपछि पनि औषधि नपग्लिने” देखिएको विभागका अधिकारीले बीबीसीलाई बताएका छन्।

उनीहरूका भनाइमा अहिलेका लागि गुणस्तर नपुगेका ब्याच नम्बरका औषधिहरू बिक्रीवितरण रोक्का गर्न र बजारमा भएका औषधि फिर्ता गर्न सम्बन्धित उद्योगहरूलाई निर्देशन दिइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *