तस्बिर स्रोत, IMAGE SOURCE, TASS VIA GETTY IMAGES

लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छुरी शल्यक्रिया गरेर निकालिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।

मदिरा सेवनको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन्।

क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ।

एक जना सर्जनले त्यसलाई ‘विशिष्ट घटना’ भनेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *