• जिम रीड
  • स्वास्थ्य संवाददाता

तस्बिर स्रोत, Merck

तस्बिरको क्याप्शन,

मोल्नुपिरभिर कोभिड विरुद्ध पहिलो एन्टिभाइरल खाने चक्की औषधी हो

परीक्षणमा रहेको एउटा खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ।

मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो।

अमेरिकी औषधी उत्पादक कम्पनी ‘मर्क’ले परीक्षण परिणाम अत्यन्त सकारात्मक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको जनाएको छ।

उसले अमेरिकामा अबको दुई हप्तामा आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन निवेदन दिने बताएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *