तस्बिर स्रोत, Imaran Qureshi

जासना सलीमसँग उनको मनपर्ने विषयमा कुरा गरियो भने उनी एक बच्चाजस्तै खुसी हुन्छिन्। उनको मनपर्ने विषय बालकृष्ण हो जसका हात मक्खनको भाँडोमा हुन्छ भने उनको अनुहारमा पनि मक्खन लतपतिएको हुन्छ।

अट्ठाइस वर्षीया जासना पछिल्लो छ वर्षदेखि लगातार यस्तो चित्र बनाइरहेकी छिन् र अब उनी आफैँले उक्त चित्र श्रीकृष्णको मन्दिरमा प्रस्तुत गरेकी छिन्।

बालकृष्णलाई चित्रकला प्रस्तुत गर्ने सपना पूरा गर्न पाउँदा जासना आफूलाई धेरै खुसी लागेको बताउँछिन्।

दुई दिन पहिले जसनाले केरला राज्यको ८० वर्ष पुरानो उलानाडु श्रीकृष्ण स्वामी मन्दिरमा बालकृष्णको चित्र चढाएकी थिइन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *