तस्बिर स्रोत, RSS

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राणा शासन अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीको ‘निर्णायक’ र ‘हस्तक्षेपकारी’ भूमिका रहेको बताएका छन्।

ललितपुरको गोदावरीमा शुक्रवारदेखि सुरु भएको उक्त पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै ओलीले यस्तो दाबी गरेका हुन्।

ओलीका भनाइमा नेपालका राजनीतिक परिवर्तनहरूमा एमाले बन्नु अघिको उसको माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीदेखि अहिलेको एमालेको निकै प्रभावकारी भूमिका रहेको छ।

उनले २००७ सालको परिवर्तनको प्रसङ्ग उप्काउँदै भने, “दिल्ली सम्झौताले २००७ सालको आन्दोलनलाई बीचमै अवरुद्ध गर्‍यो। सम्झौतालाई स्वागत गरेर नेपाली कांग्रेस राणा नेतृत्वको सरकारमा सहभागी भए पनि नेपाल कम्युनिस्ट पार्टीलगायत देशभक्त शक्तिहरूले क्रान्तिलाई अघि बढाउने प्रयास गरे।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *