तस्बिर स्रोत, Nepal Mission to the UN

परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको छलफलमा नेपाल-भारत ‘विशेष सम्बन्ध’ उल्लेख गर्दै कुनै छलफल नभएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर बिहीवार स्वदेश फर्केका उनले नेपाल-भारत घनिष्ट मित्र भएको र दुई देशबीच उठ्न सक्ने सवालहरूमा वार्ताद्वारा सकेसम्म हल गर्दै आएको धारणा भारतीय विदेशमन्त्रीले राखेको जानकारी दिए।

यसअघि आइतवार भएको भेटवार्तापछि सामाजिक सञ्जाल ट्विटरमार्फत् जयशंकरले दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गरेका थिए।

दुई परराष्ट्रमन्त्रीको भेटघाट शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएयता काठमाण्डू र दिल्लीबीच अहिलेसम्मको उच्चस्तरको कूटनीतिक छलफल हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *