तस्बिर स्रोत, KCNA

हालैका क्षेप्यास्त्र परीक्षणहरूले उत्तर कोरियाले अस्त्र विकास कार्यक्रम नियमित राखेको देखाउँछ। उत्तर कोरियाले सम्भावित अमेरिकी हमलाबाट आफूलाई रक्षा गर्न अस्त्र विकास आवश्यक भएको बताउँछ।

उत्तर कोरियाले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ।

ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजनाअन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणालीमध्ये एक भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *