सरकाले पछिल्लो बजेटमार्फत् ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको ‘उत्पादन, आयात, विक्री-वितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध’ लगाउने भनेको छ।

भदौ अन्तिम साता नेपाल राजपत्रमा वन तथा वातावरण मन्त्रालयको निर्णयका रूपमा उक्त प्रतिबन्धबारेको सूचना प्रकाशित पनि गरिएको छ।

तर पातला प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारी निर्णयले दैनिक जीवनमा ‘व्यापक रूपमा’ असर पर्ने भन्दै त्यसलाई सच्याउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन्।

वातावरण मन्त्रालयका अधिकारीहरू आफूहरू निर्णयबाट पछि नहट्ने तर व्यवसायीहरूले उद्योग नै धराशायी हुने बताएपछि त्यसका लागि केही समय दिनेबारे सोचिएको बताउँछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *