तस्बिर स्रोत, Getty Images

कोभिड बिरामीहरूमा गन्ध थाहा पाउन सक्ने क्षमता हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन एको थोपा प्रभावकारी हुनसक्ने यूकेका अध्ययनकर्ताहरूले बताएका छन्।

इस्ट एङ्लिया विश्वविद्यालयले यो विषयमा १२ साता लामो परीक्षण गर्दैछ।

केही स्वयंसेवक बिरामीहरूले यो उपचार प्राप्त गर्ने र उनीहरूलाई कुहिएको अन्डा र गुलाफको फुलको कडा गन्ध सुँध्न लगाइने छ।

र मस्तिष्कको प्रतिक्रिया हेरेर भिटामिन एले गन्धसम्बन्धी नशालाई ठिक बनाएको वा नबनाएको पत्ता लगाइने छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *