तस्बिर स्रोत, Twitter: @NepalUNNY

संयुक्त राष्ट्रसङ्घीय महासभाको ७६औँ सत्रलाई न्यूयोर्कमा सम्बोधन गर्ने क्रममा नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले कोभिड महामारीदेखि जलवायु सङ्कट र अफगानिस्तानदेखि म्यान्मारसम्मका घटनाक्रमबारे बोलेका छन्।

महासभाको अन्तिम दिन सोमवार सम्बोधन गरेका उनले कोभिड सङ्कटले विश्वमा संरचनागत कमजोरी र स्वास्थ्य अपर्याप्तको सङ्कटलाई अझ राम्ररी देखाएको बताए।

धेरै मानिसहरू आधारभूत नागरिक अधिकारबाट वञ्चित रहेका देशमा त्यो अझ प्रस्टसँग देखिएको उनले बताए।

“गहिरिँदो खोप असमानताको असर न्यून आय भएका देशमा आर्थिक रूपमा देखा परेको छ। सबैलाई निष्पक्ष र समान रूपमा खोपको सुनिश्चितता हुनुपर्छ,” मन्त्री खड्काले भने।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *