तस्बिर स्रोत, EPA

ब्रिटेनमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ।

सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ।

यूकेका व्यापारमन्त्री क्वासी कोर्टनले यूकेसँग पर्याप्त आपूर्ति रहेको बताउँदै उक्त कदमलाई ”समझदारी र सावधानीको कदम”का रूपमा व्याख्या गरेका छन्।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *