सङ्घमा नेकपा एमालेका करिब १९ प्रतिशत सांसद लिएर अलग भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रदेशमा ठूलो देखिए पनि स्थानीय तहमा भने कमजोर देखिएको छ।

एमालेबाट स्थानीय तहमा निर्वाचित १० प्रतिशत जनप्रतिनिधिलाई मात्रै आफ्नो पक्षमा ल्याउन एकीकृत समाजवादी सफल देखिएको छ।

निर्वाचन आयोगले सोमवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेकपा एमालेका २३३ प्रदेशसभा सदस्यको २३ प्रतिशत सांसदले एकीकृत समाजवादी रोजेका छन्।

“नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये १,५०१ जनाले एकीकृत समाजवादी रोजेका छन्। त्यसमा कति प्रमुख, उपप्रमुख वा अन्य पदाधिकारी छन् भन्ने चाहिँ छुट्टाउन बाँकी नै छ,” निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले बीबीसीसँग भने।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *