तस्बिर स्रोत, RSS

यसै साताबाट दसैँलक्षित बसको टिकेट बुकिङ खुला गरिनुका साथै सरकारी निकायबाटै पोखरामा कूटनीतिज्ञहरूलाई भेला पारेर ‘नेपाल खुलेको’ सन्देश दिइएको छ।

यसबाट सरकारले कोरोनाभाइरस महामारीबाट नेपालमा आवतजावतलाई सामान्य अवस्थामा फर्काउन खोजेको देखिएको छ।

सामान्य अवस्थामा दसैँका बेला बीस लाखभन्दा धेरै मानिसहरू काठमाण्डू छाड्ने प्रवृत्ति रहेकामा गत वर्ष कोभिडका कारण बसका अग्रिम टिकेट बुकिङ खुला गरिएको थिएन।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पछिल्ला दिनमा कोभिड सङ्क्रमण ‘सुधारात्मक र स्थिर’ देखिए पनि ‘अवस्था जोखिममुक्त भई नसकेको’ बताउँदै मानिसहरूलाई व्यक्तिगत रूपमा सचेत रहन अनुरोध गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *