छिमेकी भारतका केही स्थानमा निपा भाइरसको सङ्क्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।

अहिलेसम्म नेपालमा कसैमा सङ्क्रमण भएको पुष्टि भएको छैन। तर देशका ११८ अस्पताल र स्वास्थ्यसंस्थामा शङ्कास्पद बिरामीहरू देखिए बेलैमा जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ।

भारतको केरलास्थित कोझिकोडेमा एक १२ वर्षे बालकको ज्यान गएपछि नेपालले पनि सतर्कता बढाइएको हो।

बिज्नस स्ट्यान्डर्ड पत्रिकाका अनुसार भारतमा थप दुई जनामा निपा भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *