तस्बिर स्रोत, EPA

क्यानडामा पक्राउ परेकी चिनियाँ अग्रणी टेलिकम कम्पनी ह्वावेइकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन्।

ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन्। ठगीको आरोपमा पक्राउ परेकी ह्वावेइका संस्थापककी छोरी वान्जूलाई क्यानडामै नजरबन्दमा राखिएको थियो।

वान्जू पक्राउ सँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो।

सम्झौतापछि शुक्रवार अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनी रिहा भइन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *