• फणीन्द्र दाहाल
  • बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

चिनियाँ राष्ट्रपतिले राष्ट्रसङ्घको महासभामा आफ्नो प्रस्ताव राखेका थिए

कोरोनाभाइरसको महामारीका कारण खुम्चिएको विश्व अर्थ व्यवस्था र आर्थिक विकासलाई पुनरुत्थान गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै साता अघि सारेको ‘विश्वव्यापी विकासको अवधारणा’ मा नेपाल सहभागी हुने अपेक्षा एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले राखेकी छन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा भिडिओ सन्देशबाट मन्तव्य राख्दै चिनियाँ राष्ट्रपति सीले कोभिड-१९ ले पुर्‍याएको गम्भीर आघातसँग जुझिरहनु परेकाले विश्वव्यापी विकासलाई गति प्रदान गर्न सबैले सन्तुलित, समन्वयकारी र समावेशी वृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका थिए।

उनले प्रस्ताव गरेको ‘ग्लोबल डेभलप्मेन्ट इनिसिएटिभ’मा ६ वटा मुख्य प्राथमिकता तोकिएका छन्।

आफ्ना राष्ट्रपतिको नयाँ प्रस्ताव नेपालका लागि पनि सान्दर्भिक भएको धारणा राख्दै काठमाण्डूस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई उक्त विकास अवधारणामा स्वागत गरिने बताएकी छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *