नेपालमा खासगरी भदौदेखि मङ्सिर महिनासम्म सिजनल हाइपरएक्युट प्यान-युभिआइटिस शापू रोगको प्रकोप बढी देखिने गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार शापू आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने खालको सङ्क्रमण हो।

सेतो पुतलीका रौँहरूमा र तिनले निकाल्ने नाइट्रिक अक्साइड र पोटासियम साइनाइडबीच रियाक्सनका कारण आँखालाई हानि पुर्‍याउँछ।

आँखाको दृष्टिसम्म गुम्न सक्ने भएकोले यो अलि जटिल प्रकृतिकै समस्या भएको उनी बताउँछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *