तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

साङ्केतिक तस्बिर

भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ (तीन करोड २० लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ।

उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ।

दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *