तस्बिर स्रोत, Thinkstock

कोभिड महामारीबीच पछिल्लो समय नेपालमा मौसमी फ्लुको समस्या बढेको चिकित्सकहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले भने सरकारी प्रणालीमा फ्लु असामान्य वृद्धि भएको नदेखिएको जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भन्छन्: “तर छिटफुट केसहरु रिपोर्ट भइरहेका छन्। साना बालबालिकाहरू घ्यारघ्यार गराउने भाइरबाट सङ्क्रमित भएको सूचना छ।”

मौसमी फ्लु प्रति सर्वसाधारणहरूले पहिले त्यति ध्यान दिने नगरेको भए पनि कोभिडका कारण मानिसहरू गम्भीर हुन थालेको बताइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *