काठमाण्डूस्थित नारायणहिटी राजदरबार सङ्ग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिएको श्रीपेच झिक्ने प्रयास गरेका एक पुरुषलाई पक्राउ गरिएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका अनुसार शुक्रवार अपराह्ण सङ्ग्रहालय अवलोकन गर्न पुगेका एक पुरुषले श्रीपेच राखिएको शोकेस फुटाउन खोजेका थिए।

“श्रीपेच राखिएको शोकेस फुटाउन खोजेपछि सङ्ग्रहालयका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर हामीलाई बुझाउनुभएको हो,” वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बीबीसी नेपालीसँग भने।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *