तस्बिर स्रोत, Reuters

हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्।

वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुन: हेइटी फर्काउने निर्णयलाई ‘अमानवीय’ भन्दै एउटा आलोचनात्मक पत्र लेखेका थिए।

गत सप्ताहन्त अमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो।

फिर्ता

आइतवारयता अमेरिकाले मेक्सिकोसँगको सीमानामा रहेको टेक्सका शिविरहरूबाट १४ सयभन्दा धेरैलाई हेइटी फिर्ता गरिसकेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *