तस्बिर स्रोत, EPA

टाट पल्टने चिन्ता व्यक्त गरिएको विशाल चिनियाँ घरजग्गा कम्पनी एभरग्य्रान्डेको सम्पतिसम्बन्धी शाखाले बिहीवारसम्म तिरिसक्नुपर्ने ऋणपत्रको ब्याज भुक्तानीका लागि एउटा सम्झौता भइसकेको जनाएको छ।

जसअनुसार कम्पनीले तीन करोड ५९ लाख डलर बराबरको आन्तरिक ऋणपत्रको ब्याज भुक्तानी गर्नुपर्ने बताइएको छ।

ऋणमा डुबेको यो कम्पनीबारे चिन्तित लगानीकर्ताहरूले यो घोषणासँगै राहत महसुस गर्ने विश्वास गरिएको छ।

तर सो कम्पनीले विदेशी ऋणपत्रमा तिर्न बाँकी ८ करोड ४० लाख डलर ब्याजको भाका पनि बिहीवार पुग्दैछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *