बाढी

तस्बिर स्रोत, RSS

यसै साता सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा अचानक आएको विनाशकारी बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ सर्वसाधारण विस्थापित भए भने केही व्यक्तिको मृत्यु भयो।

यो वर्ष मनसुन सुरु भएकै साता उक्त प्राकृतिक विपद्ले धेरै क्षति भयो। यस्तो विपद्‌बाट जोगिन पूर्वतयारी बलियो हुनुपर्ने विज्ञहरू बताउँछन्।

सिन्धुपाल्चोकजस्तो “जोखिमयुक्त” जिल्लामा त झनै सतर्कता अपनाइनुपर्ने उनीहरूको धारणा छ।

केही वर्षअघि भूकम्पबाट पनि उक्त जिल्ला नराम्ररी प्रभावित भएको थियो। प्रत्येक वर्ष वर्षाका बेला आउन सक्ने बाढी र पहिरोलाई दृष्टिगत गर्दै उक्त क्षेत्रलाई लक्षित गरी दीर्घकालीन रणनीति तयार गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *