• शरद केसी
  • बीबीसी न्यूज नेपाली

सङ्घीय संसद्

तस्बिर स्रोत, RSS

जेठको अन्तिम दिन सोमवार एउटा राजनीतिक तप्कामा गाँइगुँइ चल्यो – विपक्षी गठबन्धन प्रधानमन्त्रीमा माधव नेपाललाई विकल्पको रूपमा अघि बढाउन अग्रसर बनेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपालसँग उनकै निवासमा गएर छलफल गरेपछि एक नेताले त्यस्तो आशङ्का बीबीसीसँगको कुराकानीमा पनि व्यक्त गरे।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रसँगको एकीकरणपूर्वको एमाले स्थायी कमिटी बैठक बोलाउने मनस्थितिमा पुगेको छनक पाएलगत्तै त्यो भेटवार्ता भएको बताइएको छ।

झलनाथ खनाल र नेपाल पक्षको असन्तुष्ट समूहको एउटा मुख्य माग नै त्यो बैठक बोलाइयोस् भन्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *