Breaking News

पोम्पेई ज्वालामुखी : प्राचीन रोमन नगरमा ज्यान गुमाएका मालिक र सेवक अवशेष भेटियो

इटली

तस्बिरको क्याप्शन,

अवशेषको खोज प्राचीन रोमन नगरको बाहिरी भागको एउटा भेगमा गरिएको थियो

पुरातत्त्वविद्हरूले प्राचीन रोमन नगर पोम्पेईमा झन्डै २,००० वर्ष पहिले विस्फोटन भएको ज्वालामुखीका कारण ज्यान गुमाएका दुई मानिसको अवशेष फेला पारेका छन्।

पोम्पेई पुरातात्त्विक पार्कका अधिकारीहरूका अनुसार तीमध्ये एकजना सम्भवत: धनाढ्य व्यक्ति र अर्का उनका सेवक हुन्।

पार्कका निर्देशक मास्सिमो ओसान्नाले उनीहरू ज्वालामुखीबाट जोगिने उपाय खोज्दाखोज्दै प्रकोपमा परेको हुनसक्ने बताए।

पोम्पेईमा सन् ७९ मा भेसुभिअस पर्वतबाट विस्फोटन भएको ज्वालामुखीका कारण प्रभावित भएको थियो।

उक्त ज्वालामुखीका कारण पोम्पेई खरानीले पुरियो अनि पूरै नगर र नगरवासीलाई जमाइदियो।

अहिले उक्त स्थान पुरातात्त्विक अध्ययनका लागि उपयुक्त देखिएको छ।

पोम्पेई नगरको बाहिरी भागको एउटा ठूलो स्थानमा यो महिना गरिएको उत्खननका क्रममा पछिल्लो अन्वेषण भएको हो।

के भेटियो?

अहिले अवशेष भेटिएकामध्ये धनाढ्य ठानिएका व्यक्तिको उमेर ३० देखि ४० वर्ष भएको अनुमान गरिएको छ। उनको गर्धन तल न्यानो खालको कपडाको निसान भेटिएको छ।

अर्का व्यक्तिको उमेर १८ देखि २३ वर्षको रहेको बताइएको छ।

पुरातात्त्विक अधिकारीहरूका अनुसार ती व्यक्तिको पिठिउँको करङले उनी सेवक भएको सङ्केत दिएको छ।

ज्वालामुखीबाट निस्किएको भस्म शरीरमा जम्दा बनेको सङ्केतका आधारमा ती दुईको शरीरको आकृति बनाइएको थियो।

निर्देशक ओसान्नाले संवाददाताहरूलाई भने, “यो ऊष्ण तापका कारण भएको मृत्यु हो, कक्रक्क परेका हात र खुट्टाले त्यो सङ्केत गरेको छ।”

उनले उक्त खोजलाई ज्वालामुखी विस्फोटन भएको बिहानको “असाधारण र अविश्वनीय प्रमाण”को रूपमा प्रस्तुत गरे।

नेपल्सनजिकै अवस्थित उक्त पुरातात्विक क्षेत्रमा उत्खननको काम जारी छ। तर उक्त स्थान कोरोनाभाइरस महामारीका कारण पर्यटकहरूका लागि अझै बन्द छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

ज्वालामुखी विस्फोट

Check Also

Commerce Dept. Collects NPR 22.88Mn in Fines from Deceitful Firms!

The Department charged fines against 990 firms for misconduct during mid-July 2020 and mid-June 2021. …

केपी शर्मा ओली: प्रधानमन्त्रीको गृहजिल्ला झापाको दमक नगरपालिकामा ‘राजनेता पार्क’ बनाउने योजनाको नालीबेली

उमाकान्त खनाल झापा ९ मिनेट पहिले तस्बिरको क्याप्शन, बजेटको कार्यक्रम लागु गर्न छलफल नै अघि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *