Breaking News

कोरोना भाइरस नेपाल: थप १,९४६ जना सङ्क्रमित, १३ जनाको मृत्यु

कोरोनाभाइरस

नेपालमा विगत २४ घण्टामा थप १,९४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ८,७५३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख आठ हजार नाघेको छ।

अहिले पुष्टि भएका ३६,४५२ जना सक्रिय सङ्क्रमित छन्।

सरकारको तथ्याङ्कअनुसार शनिवारसम्म नेपालमा १,२१५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,५०३ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल १७०,६३२ जना निको भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितहरू निको हुने दर ८१.९% प्रतिशत पुगेको छ।

यसरी बढिरहेको कोरोनाभाइरस. नेपालमा कोभिड-१९ महामारी.  .

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

चाडबाडका बेला परीक्षणको सङ्ख्यामा कम भएको देखिन्छ।

तर परीक्षण गरिएका नमुनामा उच्च मात्रामा सङ्क्रमण पुष्टि हुने क्रम केही सातादेखि चलिरहेको तथ्याङ्कले देखाउँछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने

को हुन् सङ्क्रमित?

सङ्क्रमितमध्ये ८१६ जना महिला र १,१३० जना पुरुष भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाण्डूमा ६४२ जनासहित उपत्यकामा ८३५ जना छन्।

यो फेला परेका सङ्क्रमितको सङ्ख्याको झन्डै आधा जति हो।

अहिले उपत्यकाका तीन जिल्लामा १९,६१९ सक्रिय सङ्क्रमित छन्।

यो अवधिमा कास्की जिल्लामा २०८ जना सङ्क्रमित पुष्टि भएका छन्।

देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्षमा र ७४ जना भेन्टिलेरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *