Breaking News

कोरोना भाइरस नेपाल: थप १,४४२ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु

कोरोनाभाइरस

नेपालमा विगत २४ घण्टामा १,४४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ६,७३१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

सरकारको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १,२५९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १३ हजार हराहारी पुगेको छ।

अहिले पुष्टि भएका २८,८७८ जना सक्रिय सङ्क्रमित छन्।

मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ३,५३८ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिलेसम्म कुल १८२,७८० जना निको भएको सरकारी तथ्याङ्क छ।

चाडपर्वका बेला कम सङ्ख्यामा परीक्षणहरू भएका थिए। आइतवार १,४७७ जना, सोमवार १,१९७ र मङ्गलवार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने

Check Also

Commerce Dept. Collects NPR 22.88Mn in Fines from Deceitful Firms!

The Department charged fines against 990 firms for misconduct during mid-July 2020 and mid-June 2021. …

केपी शर्मा ओली: प्रधानमन्त्रीको गृहजिल्ला झापाको दमक नगरपालिकामा ‘राजनेता पार्क’ बनाउने योजनाको नालीबेली

उमाकान्त खनाल झापा ९ मिनेट पहिले तस्बिरको क्याप्शन, बजेटको कार्यक्रम लागु गर्न छलफल नै अघि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *