Breaking News

कोरोना भाइरस नेपालः थप ४३ सय जनामा कोरोनाभाइरस, मृतकको कुल सङ्ख्या ७१५

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?

नेपालमा विगत २४ घण्टामा ४,३९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

देशभरि विभिन्न जिल्लामा गरिएका १६,५३१ वटा नमुना परीक्षणमा त्यति सङ्क्रमित फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,४०२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख २६ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा शुक्रवार अपराह्णसम्म थप २१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।

योसहित नेपालमा अहिलेसम्म ७१५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

कति जना भए निको?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि ३,५२२ सङ्क्रमित रोगमुक्त भएका छन्।

अहिलेसम्म ८८,०४० सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.८ प्रतिशत हो।

यसरी बढिरहेको छ कोरोनाभाइरस . नेपालमा कोभिड-१९ महामारी.  .

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।

दश दिनको अवधिमा अहिले चौथो पटक दैनिक पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४,००० नाघेको हो।

कति छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि ३७,३८२ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १२,३३६ जना संस्थागत आइसोलेशनमा र बाँकी २५,०४६ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कुन जिल्लामा कति सङ्क्रमित थपिए. .  .

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

यसरी दोबर भयो सङ्क्रमितको कुल सङ्ख्या. नेपालमा कोरोनाभाइरस .  पहिलो सङ्क्रमित भेटिएको २८० दिन पछि कुल सङ्ख्या एक लाख .

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,

हरिवंश आचार्य भन्छन्, ‘दशैँमा टीका लगाउन आउँदिनँ, नरिसाउनुहोला!’

Check Also

NTA Requests For Continuous Telecom & Internet Services At Flood Areas

Nepal Telecommunication Authority (NTA) has recently notified all stakeholders for continuous telecom and internet services …

World Bank extends monetary support to Nepal’s pandemic fight

The international bank will be lending USD 150 million to the Asian country   The …

Leave a Reply

Your email address will not be published. Required fields are marked *