सन् २००१ मा समातिएको सीलक्यान्थ माछा देखाउँदै केन्याको न्याश्नल म्यूजीअमका कर्मचारीहरू
सन् २००१ मा समातिएको सीलक्यान्थ माछा देखाउँदै केन्याको न्याश्नल म्यूजीअमका कर्मचारीहरू

एउटा प्रजातिको माछा आश्चर्यजनक रूपमा लामो समय अर्थात् एक शताब्दीसम्मै बाँच्न सक्ने एउटा नयाँ अध्ययनले सङ्केत गरेको छ। कुनै बेला लोप भइसकेको ठानिएको उक्त माछालाई ‘लिभिङ फसिल’ ‘अर्थात् सजीव जीवावशेष’ मानिन्छ।

सीलक्यान्थ भनिने उक्त माछाको आयु पहिला २० वर्षजति हुने ठानिएको थियो।

तर नयाँ आकलनअनुसार शार्कजस्तै उक्त जलचर १०० वर्षजति बाँच्ने देखिएको छ।

उक्त माछाको आयु निर्धारण गर्न फ्रान्सेली अध्ययनकर्ताहरूले सङ्ग्रहालयमा सङ्गृहीत कत्लाको अध्ययन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *