इरान

तस्बिर स्रोत, Getty Images

भर्खरै सम्पन्न निर्वाचनको मतगणना नसकिँदै इरानको आगामी राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी हुने निश्चित भएको छ।

राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पारेका छन्। निर्वाचनमा अन्य कैयौँलाई उम्मेदवार हुन रोकिएको थियो।

अहिले रइसी इरानका प्रधानन्यायाधीश हुन् र उनी अतिरूढिवादी विचार राख्छन्।

अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्धामा संलग्न थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *