बिहिबार, साउन ७, २०७८

काठमाडौँ–  चीनबाट आज कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज खोप आउने भएको छ ।

बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्किन लागेको हो। दिउँसो खोप लिएर वाइडबडी जहाज काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ।

यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएर आएको थियो । उक्त खोप अहिले देशका विभिन्न खोप केन्द्रमा लगाइँदै छ ।

आजै फेरि खोप ल्याउन जहाज बेइजिङ जाने कार्यतालिका रहेको छ। यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ।

अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीनबाट भेरोसेल खोप खरिद गरेर ल्याउन लागिएको हो।

यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *